मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
nepalnews.com · Tue Jun 23 08:55:40 GMT 2026

किमाथाङ्का। गए राति लाक्पा शेर्पाको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ।
मादी नगरपालिका–३ थामेखर्क निवासी लाक्पाको तीन तले घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।
आगलागीबाट शेर्पाको घरभित्र राखिएको नगद ५० हजार रुपैयाँ , दुई तोला सुन, ३० मुरी आलु, तीन मुरी धान, चार मुरी मकैलगायत अन्नपात, भाडार्वतन र लत्ताकपडा जलेर नष्ट भएको हो।
शेर्पा निदाइरहेको अवस्थामा आगलागी भएको तर, आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीको सूचना प्राप्त भएपछि प्रहरीचौकी मंगलबारेबाट प्रहरी सहायक निरीक्षक सुदेश चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)