मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५ दिनभित्रै सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम

bishowkhabar.com · Tue Jun 23 08:53:52 GMT 2026

काठमाडौं– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जारी गरेको छ ।

समितिका अनुसार ६८ परिवारका २०३ जना त्यहाँ बसिरहेका छन् ।

उनीहरूलाई स्व–व्यवस्थापनका लागि प्रति परिवार २५ हजार रुपैयाँ दिई स्थान खाली गर्न आग्रह गरिएको छ ।

सूचना अधिकारी टोपबहादुर बानियाँका अनुसार निवेदन र बैंक खाता विवरण प्राप्त भएपछि रकम उपलब्ध गराइनेछ ।

पछि वास्तविक सुकुम्बासी प्रमाणित भए मासिक १५ हजार रुपैयाँ दिने व्यवस्था पनि हुने बताइएको छ ।

नदी किनाराका जोखिमयुक्त बस्ती हटाएपछि विस्थापित भएकाहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्, जसलाई क्रमशः स्व(व्यवस्थापनमार्फत व्यवस्थापन गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय