एमाले संसदीय दलको बैठक सुरु
baahrakhari.com · Tue Jun 23 08:53:32 GMT 2026

काठमाडौं । नेकपा एमाले संसदीय दलकाे बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसद उपस्थित भएका पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल सोमबार पक्राउ परेपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
#केपी शर्मा ओली
#संसदीय दल
#बैठक
#नेकपा एमाले
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)