‘बमबहादुर कुँवर राणा’ पुस्तक सार्वजनिक
gorkhapatraonline.com · Sat May 30 13:28:09 GMT 2026

श्री ३ जङ्गबहादुर राणाका विश्वासपात्र माइला भाइ बमबहादुर कुँवर राणाको ऐतिहासिक योगदानमा आधारित ‘प्रधानमन्त्री बमबहादुर कुँवर राणा’ पुस्तक शनिबार सार्वजनिक गरिएको छ । नेपालको राणाकालीन इतिहासमा बमबहादुरको त्यति धेरै चर्चा नपाइए पनि उहाँका ऐतिहासिक योगदानको खोजबिन गरी यो कृति तयार पारिएको हो ।
श्री ३ जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीका रूपमा करिब १३ महिना राजकाजको जिम्मा बमबहादुरले पाउनुभएको थियो । विसं १९१३ मा प्रधानमन्त्रीकै रूपमा एक वर्ष मुलुकको नेतृत्व गर्नुभएका राणाले नेपाल–भोट युद्धको समेत कमान्ड सम्हाल्नुभएको थियो । नेपाली राजनीति र सैन्य इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँकै योगदानलाई समेटेर डा. तिलु थापाद्वारा लिखित सो पुस्तक टेकुस्थित बम्बीर विकटेश्वर शिवालयमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)