सीमा सुरक्षाबारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा
gorkhapatraonline.com · Tue Sep 15 08:11:49 GMT 2026

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा हुम्लाको एक टोली हिल्सा हुँदै चीनको ताक्लाकोटमा पुगेको छ । चीनको पुराङ काउन्टिको ताक्लाकोटमा नेपाल–चीन सीमा सुरक्षा सम्बन्धी हुने अनौपचारिक छलफल कार्यक्रममा भाग लिन उक्त टोली पुगेको हो ।
हुम्ला जिल्लाको सीमा क्षेत्र हिल्सा नाका नजिकै पर्ने ताक्लाकोटमा आयोजना गरिएको सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफल कार्यक्रममा भाग लिन हुम्ला जिल्लाका सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधिको सहभागिता रहेको टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)