टुक्रिएला बेलायत ? स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सले गरे अलग्गिने समझदारी पत्रमा हस्ताक्षर
ratopati.com · Tue Sep 15 08:15:24 GMT 2026

लन्डन । बेलायतका तीन स्वायत्त क्षेत्र स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड र वेल्सका निर्वाचित प्रतिनिधिहरूले वेस्टमिन्स्टरको नियन्त्रणबाट अलग हुने आफ्नो उद्देश्य घोषणा गर्दै सोमबार ऐतिहासिक समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन् ।
कार्डिफमा आयोजित शिखर सम्मेलनमा स्कटल्यान्डका प्रथम मन्त्री जोन स्विनीसँगै वेल्सका समकक्ष रुन आप इओरवेर्थ र उत्तरी आयरल्यान्डकी प्रथम मन्त्री मिसेल ओ’निलले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । आयरल्यान्डमा विपक्षी दलकी नेता तथा सिन फेनकी अध्यक्ष मेरी लु म्याकडोनाल्ड पनि चौथो हस्ताक्षरकर्ता बनेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)