सुदूर पश्चिम प्रदेश सरकारद्वारा पुँजीगततर्फका सबै आयोजना पुनः इन्ट्री गरिने
ajakoartha.com · Tue Sep 15 08:15:00 GMT 2026

धनगढी - अघिल्लो प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटबाट पुँजीगततर्फका सबै आयोजना तथा कार्यक्रम हटाएर पुनः इन्ट्रीको तयारी गरेको छ । प्रदेशमा दुई महिनादेखि जारी बजेट शून्यता अन्त्य गर्न चालु आर्थिक वर्षको बजेट पुनर्लेखन गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले बताएका छन् ।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले उक्त बजेटमा त्रुटि रहेकै कारण पारित हुन नसकेको, बजेटका पुँजीगत आयोजना तथा कार्यक्रमका त्रुटि रहेकाले तत्कालीन सत्ता गठबन्धनभित्र विवाद भई सत्तापक्षले नै संशोधन प्रस्ताव दर्ता गराएको र बेथितिपूर्ण रहेकोले यी आयोजना र कार्यक्रम हटाउने तयारी गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)