सांसद विकले अडियो रेकर्ड संसद्मा सुनाएपछि...
baahrakhari.com · Tue Sep 15 08:15:59 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक पार्वती विकले कोठा खोज्ने अफिसले जातीय विभेद गरेको भन्दै संसद्मा नै मोबाइलमा रहेको अडियो सुनाएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा माइतीघरमा दीपा नेपालीले ‘कोठा खै’ भन्दै अनशन बसेको १५० दिन पुगेको बताइन् । विभेदका स्वरुप नयाँ ढंगले आएको उनको भनाइ छ ।
“हालै मामा–भान्जा भन्ने कोठा खोजिदिने अफिसले गरेको विभेद म यहाँहरूलाई सुनाउन चाहन्छु” उनले भनिन् “यसले झन पीडा थप्छ । विभेद गर्ने मान्छेहरूलाई सरकारले कारबाही गर्छ कि गर्दैन ? उनले मोबाइलमा रहेको अडियो सुनाउन थालिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)