मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

"प्रधानमन्त्रीसहित १६ मन्त्री चितवनमा, देशको बागडोर पुनको काँधमा"

barnanmedia.com · Tue Jun 23 09:07:26 GMT 2026

काठमाडौँ, ९ असार (२०८३) । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला एक अनौठो र ऐतिहासिक राजनीतिक दृश्यको साक्षी बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का १६ जना मन्त्रीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन एकैसाथ चितवन पुगेपछि सिंहदरबारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन मात्रै उपस्थित देखिनुभएको हो।

रास्वपाबाहिरको राजनीतिक शक्तिबाट वर्तमान मन्त्रिपरिषद्मा सहभागी हुनुभएका एकमात्र मन्त्री पुन यतिबेला सरकारको समग्र र नियमित प्रशासनिक गतिविधि एक्लै सम्हाल्ने मुख्य जिम्मेवारीमा देखिनुभएको छ। सिङ्गो मन्त्रिपरिषद् नै चितवनको राजनीतिक महाधिवेशनमा व्यस्त रहेका बेला देशकै मुख्य प्रशासनिक मुख्यालयमा मन्त्री पुनको यो एक्लो उपस्थितिले चौतर्फी चासो र राजनीतिक चर्चालाई चुलिदिएको छ।

सामाजिक सञ्जालमा ‘चितवनमा पूरा क्याबिनेट, सिंहदरबारमा एक्ला महावीर’ भन्दै वर्षमान पुनले सिंहदरबार काँधमा बोकेको र महावीर पुन एक्लै कार्यकक्षमा खटिएको प्रतीकात्मक तस्बिर तथा थम्बनेलहरू व्यापक चर्चाको विषय बनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)