म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने किराना पसललाई दुई लाख जरिवाना
khabarhub.com · Tue Sep 15 08:27:18 GMT 2026

झापा – दास किराना पसललाई दुई लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरिएको हो ।
मेचीनगर नगरपालिका–९ स्थित उक्त किराना पसलले उपभोक्तालाई समय नाघेका पशुदान बिक्री गरिएकाले जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)