मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति रवि, वरिष्ठ बालेन र उपसभापतिमा स्वर्णिम पक्का, अन्य पदाधिकारीमा भारी प्रतिस्पर्धाको सम्भावना

bishowkhabar.com · Tue Jun 23 09:17:43 GMT 2026

काठमाडौं– रास्वपाकी नेता समीक्षा बाँस्कोटाले पार्टीको शीर्ष नेतृत्वमा रवि लामिछाने सभापति, बालेन्द्र शाह वरिष्ठ नेता र स्वर्णिम वाग्ले उपसभापति रहने विषय सर्वसम्मत रूपमा टुंगिएको बताएकी छन् ।

चितवनमा जारी पहिलो महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि उनले यस्तो जानकारी दिएकी हुन् ।

उनका अनुसार अब अन्य पदहरूमा भने स्वस्थ प्रतिस्पर्धा हुनेछ ।

बाँस्कोटाले बन्द सत्रमा केही ढिलाइ भए पनि त्यसलाई स्वाभाविक भन्दै पार्टीको नीति, नेतृत्व र नियत सही दिशामा रहेको दाबी गरिन् ।

उनले रास्वपाले देशको अवस्था परिवर्तन गर्ने जनचाहनालाई बुझेर अघि बढिरहेको पनि बताइन् ।

विवेकशील साझाबाट रास्वपामा प्रवेश गरेकी उनले आफू सुरुमा खुला केन्द्रीय सदस्य पदका लागि चुनाव लड्ने र त्यसपछि मात्रै अन्य पदबारे सोच्ने स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय