आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुनेछ : मुख्यमन्त्री बानियाँ
shilapatra.com · Sat May 30 13:51:00 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याउने बजेट उद्योगमैत्री हुने बताएका छन् । शनिबार चितवनमा प्रिफ्याव प्यानल नेपाल उद्योगको अनुगमन निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रदेश सरकारले उद्योगीको हितमा बजेट ल्याउने तयारी गरेको बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले भने, 'व्यवसायीलाई प्रोत्साहन गर्ने गरी उद्योगमैत्री बजेट ल्याउने तयारी भइरहेको छ । प्रदेश सरकारले वातावरण तथा पर्यापर्यटनसँग जोडिएका उद्योगहरूलाई बैंकिङ ब्याजमा सहुलियत दिने नीतिअनुसार काम गरिरहेका छौँ । अन्य क्षेत्रको विकासको लागि पनि सोहीअनुसारको नीति अगाडि सार्छौं ।'
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)