मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रासायनिक मलको विकल्पमा ढैँचा

kendrabindu.com · Tue Jun 23 09:28:35 GMT 2026

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थाल्नुभएको तीन वर्ष पुगेको छ ।

समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थालेका हुन् । किसान विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताए । उनले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैँचाले पूर्ति गर्ने भएकाले आफूले प्रयोग गर्दै आएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)