रासायनिक मलको विकल्पमा ढैंचा
nepalbahas.com · Tue Jun 23 09:25:13 GMT 2026

रासायनिक मलको विकल्पमा ढैंचा
९ असार, पाल्पा । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैंचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थालेको तीन वर्ष पुगेको छ ।
समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैंचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थालेको हो । किसान विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैंचा मल उत्तम रहेको बताए । उनले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैंचाले पूर्ति गर्ने भएकाले आफूले प्रयोग गर्दै आएको जानकारी दिए ।
माथागढी गाउँपालिका रुप्सेका किसान छवि थापाले पनि ढैंचा लगाएको खेत जोतेर धान रोपाइँ गर्दै छन् । उनले रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल अर्थात् ढैंचा प्रयोग गर्दै आएको सुनाए । ढैँचाबाट माटोको गुणस्तर सुध्रिन्छ भन्ने थाहा पाएपछि अन्नबाली लगाएका स्थानमा रासायनिक मल नछरेको उनले सुनाए ।
“रासायनिक मलको विकल्पमा माटोका लागि ढैंचा लगाउँदै आएको छु”, उनले भने, “धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैंचाबाट पूरा हुँदोरहेछ ।”
पूर्वखोलाका पुराना किसान ईश्वरी खनालले पनि रासायनिक मलको सट्टा हरियो मल ढैंचा नै प्रयोग गर्दै आएको छ । उनी भन्छन्, “आफ्नो हातपाखुरामा बल हुँदासम्म बोरामा आउने रासायनिक मलको प्रयोग गर्दिनँ, अहिलेसम्मै हरियो मलका भरमा धानखेती गर्दै आएको छु, यसबाट राम्रो उत्पादन हुन्छ”, उनले भने, “यो कुनै नयाँ प्रयोग होइन । बाबुबाजेले ढैँचा मलकै प्रयोग गरेर अन्नपात उब्जाउनुहुन्थ्यो । रासायनिक मलको प्रवेश भएपछि यो विधि हराउँदै गएको थियो । अहिले पुनः प्रयोगमा ल्याउन थालिएको छ ।”
बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैंचा बोटलाई खेत हिल्याउने क्रममै प्रयोग गरिन्छ । यसरी प्रयोग गरिएको ढैंचाको बोट चारदेखि सात दिनमा कुहिएर मल बन्दछ ।
विश्वकर्मा, थापा र खनालमात्रै होइन, पछिल्लो समय जिल्लाका माडी फाँट क्षेत्रमा पर्ने केसेनी, रुप्से, माडीपोखराथोक, मदनपोखरा, तिनाउ गाउँपालिकाको दोभान र झुम्साका किसानले रासायनिक मलको विकल्पमा हरियो मल ढैँचाको प्रयोग बढाएका छन् ।
रासायनिक मलको अभाव, माटोको उर्वराशक्ति संरक्षणको आवश्यकता तथा उत्पादन लागत घटाउने उद्देश्यले यहाँका किसान हरियो मलका रूपमा प्रयोग हुने ढैंचा खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
कृषि केन्द्र पाल्पाका कृषि अर्थविज्ञ मातिवर यादवका अनुसार ढैँचाखेतीले माटोमा जैविक पदार्थको मात्रा बढाउनुका साथै नाइट्रोजनको आपूर्ति गर्न मद्दत गर्छ भन्छन् ।
ढैँचाखेतीले वातावरण संरक्षणमा योगदान पुर्याउने भएकाले यसको प्रयोग विस्तार गर्न आवश्यक रहेको छ । माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रालाई ठिक ठाउँमा ल्याउनसमेत ढैँचाले मद्दत गर्ने कृषि अर्थविज्ञ यादवले बताए ।
धान रोपाइँअघि खेतमा ढैँचा लगाई केही समयपछि जोतेर माटोमा मिसाउँदा माटोको गुणस्तर सुधार हुने र बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने भएकाले किसानहरू सजिलै यसतर्फ आकर्षित भएका हुन् ।
दोभानका किसान शिशिर खनालका अनुसार रासायनिक मलको बढ्दो मूल्य र समयमै उपलब्ध नहुने समस्याका कारण वैकल्पिक उपायका रूपमा ढैँचाखेती प्रभावकारी बन्दै गएको छ । “ढैंचा प्रयोग गरेपछि माटो खुकुलो हुने र धानको उत्पादन राम्रो भएको अनुभव गरेका छौँ”, उनले भने ।
कृषि ज्ञान केन्द्रका प्राविधिकले माटो परीक्षण, ढैँचाखेतीको महत्वबारे किसानलाई प्रशिक्षण तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
कृषि
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
असार ९, २०८३ मंगलबार
नेपालबाट भारततर्फ हुने चिया निर्यातका समस्या समाधान गर्न सरकारले बनायो विशेष कार्यदल
असार ९, २०८३ मंगलबार
बाँझो जमिनमा स्याउखेती
असार ८, २०८३ सोमबार
नेपालबहस ट्रेन्डिङ
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !
केदार भट्टराई (काका)
असार ८, २०८३ सोमबार
विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
नेपालबहस संवाददाता
असार ८, २०८३ सोमबार
राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
Tweets by nepalbahas
लोकप्रिय
१
प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !
असार ८, २०८३ सोमबार
२
विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
असार ८, २०८३ सोमबार
३
राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, साढे १० अर्ब बढी बिगो माग
असार ८, २०८३ सोमबार
छुटाउनुभयो कि?
राष्ट्र बैंकले नसिहत दिएका सञ्चालक र सीईओ पुनः नियुक्ति गर्न नमिल्ने आदेशले वित्तीय क्षेत्रमा तनाब
असार ९, २०८३ मंगलबार
रासायनिक मलको विकल्पमा ढैंचा
असार ९, २०८३ मंगलबार
रास्वपा बन्दसत्रमा कडा सुरक्षा, प्रतिनिधिलाई चेकजाँचपछि मात्रै प्रवेश
असार ९, २०८३ मंगलबार
मगर समुदायको बाहुल्य बसोबास रहेको खिवाङ गाउँ
असार ९, २०८३ मंगलबार
बिहान मनतातो पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फूर्ति रहन्नुहोस्
असार ९, २०८३ मंगलबार
एक घर, एक रूख र एउटा टापु: अनौठो ठाउँ जसले बनायो विश्व रेकर्ड
असार ९, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)