मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होल्डिङ सेन्टर खाली गर्न पाँच दिनको समय, प्रभावित परिवारलाई २५ हजार रुपैयाँ राहत

shilapatra.com · Tue Jun 23 09:17:00 GMT 2026

बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका जोखिमयुक्त बस्तीका प्रभावित परिवारलाई २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराउने भएको छ ।

समितिले जारी गरेको सूचनाअनुसार १२, १३, १८, १९ र २० वैशाखमा हटाइएका बस्तीका दशरथ रंगशालास्थित शिविरमा दर्ता भएका परिवारले तोकिएको ढाँचामा निवेदन दिएपछि राहत रकम सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइनेछ ।

घरभाडाबापतको रकम मासिक किस्तामा सोही खातामा उपलब्ध गराइने जनाइएको छ । पुनर्स्थापना रकम वितरणपछि शिविर बन्द गरिने भएकाले प्रभावित परिवारलाई सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र स्वव्यवस्थापन गरी शिविर खाली गर्न आग्रह गरिएको छ ।

रकम प्राप्त नभएमा कार्यालय समयमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३

१५:०२

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय