भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
nepalnews.com · Tue Sep 15 08:44:26 GMT 2026

तनहुँ। तनहुँको भानु नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भएपछि नगरपालिकाले सोमबारदेखि स्थानीय तहमै जग्गा प्रशासन सेवा सुरु गरेको हो।
भूमि प्रशासन सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि भानु नगरपालिकाका सेवाग्राहीलाई जग्गासम्बन्धी कामका लागि सदरमुकाम दमौली धाउनु पर्ने बाध्यता हटेको छ। सेवा सुरु भएसँगै नगरपालिकाले जग्गा प्रशासनको कामलाई स्थानीय तहबाटै सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराइने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)