मादी मिदिम साकोसका ६४ जनाविरुद्ध मुद्दा
gorkhapatraonline.com · Tue Sep 15 08:41:24 GMT 2026

लमजुङको मध्यनेपाल नगरपालिका–६, भोर्लेटारमा केन्द्रीय कार्यालय रहेको मादी मिदिम ऋण तथा बचत सहकारी संस्था लिमिटेडका सञ्चालक, कर्मचारी तथा सेयर सदस्यसहित ६४ जनाविरूद्ध पाँच करोड रुपियाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा जिल्ला अदालत लमजुङमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय लमजुङले सहकारीको रकम अपचलन तथा हिनामिनासम्बन्धी अभियोगपत्र अदालतमा दर्ता गरेको हो । २०७० सालदेखि सञ्चालनमा रहेको उक्त सहकारीले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर मध्यनेपाल नगरपालिका–४ र ७ स्थित रामबजारमा समेत सेवा केन्द्र सञ्चालन गरेको अभियोगपत्रमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)