विपद् व्यवस्थापनका लागि संसदीय समिति बनाउन कांग्रेसद्वारा सभामुखको ध्यानाकर्षण
annapurnapost.com · Tue Sep 15 08:35:48 GMT 2026

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ।
मंगलबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति बनाउने विषय उठेको र रोस्ट्रमबाट समेत सम्बोधन भएको तीन साता बित्दा समेत कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)