सेयर बजार करिब ४ महिनाकै न्यून बिन्दुमा
onlinekhabar.com · Tue Jun 23 09:34:03 GMT 2026

९ असार, काठमाडौं । मंगलबार सेयर बजार करिब ४ महिनाकै न्यूनतम बिन्दुमा झरेको छ । यस दिन नेप्से परिसूचक २६.१६ अंक घटेको हो । अघिल्लो दिन १.४६ अंक घटेको थियो ।
आजको कारोबारपछि नेप्से परिसूचक २६७४ अंकमा कायम भएको छ । यो अंक फागुन १७ यताकै न्यून हो । फागुन १७ गते नेप्से २७७३ अंकमा थियो । आज बजार परिसूचक दिनभरजसो रातो रह्यो । अघिल्ला दिनहरूमा प्रायः एकल अंकमा घटबढ भइरहेको बजारमा मंगलबारको गिरावट दर केही ठूलो हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ