महन्थ ठाकुरको आरोप- सरकार बाह्य मुलुकको हितमा काम गरिरहेको छ
hamrakura.com · Tue Jun 23 00:00:00 GMT 2026
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै गम्भीर असर पार्ने खालका गतिविधि गरिरहेको आरोप लगाएका छन्। सरकारको प्राथमिकतामा देश र जनता नरहेको भन्दै उनले वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका हुन्।
सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको मङ्गलवार बसेको बैठकमा बोल्दै सांसद ठाकुरले सरकारले नेपाली जनताको नभई बाह्य मुलुकको हित अनुकूल काम गरिरहेको जिकिर गरे। सरकारकै अदूरदर्शी नीतिका कारण मुलुक वैदेशिक शक्तिको कब्जामा गइरहेको उनको बुझाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)