विशेष अदालतमा विष्णु पाैडेल
shilapatra.com · Tue Jun 23 09:51:00 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालत पुर्याएको छ । सम्पत्ति शुद्धीकरण विभागमा बयान सकिएपछि पौडेललाई विशेष अदालत पुर्याइएको हो ।
सम्पत्ति शुद्धीकरणको उजुरीपछि उनलाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । सुर्खेतबाट नेपालगञ्ज हुँदै आज काठमाडौंस्थित विभागको कार्यालयमा बयान लिइएको थियो ।
बयान सकिएपछि विशेष अदालतमा पेस गरिने विभाग स्रोतले उल्लेख गरेको छ । विभाग स्रोतका अनुसार पौडेललाई बयानका लागि केही दिन पहिला नै बोलाइएको थियो । तर, पौडेल पार्टीको काम देखाउँदै पन्छिएका कारण हिजो सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
१५:३६
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)