मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान

barnanmedia.com · Fri Feb 21 21:49:54 GMT 2025

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान यहाँ सुरु भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका १७ विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ थालनी भएको हो ।

पाल्पामा स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनता माध्यमिक विद्यालय तानसेनबाट अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले यही विद्यालयमा माध्यमिक तहको शिक्षा अध्ययन गर्नुभएको थियो । आफू पढेको विद्यालयप्रति जिम्मेवार बनाउन सकिएमा सामुदायिक विद्यालयको गुणस्तरमा सुधार, आर्थिक अवस्थामा सुधार, पूर्वाधारमा सुधार गर्न सकिने अभिप्रायले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । आफूले पढेको जनता माविलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने मन्त्री सारुले प्रतिवद्धता जनाउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)