मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पश्चिम नेपालमा पर्ल चामल बेच्न रुंगटा ग्रुपले नेपालगञ्जमा राइस मिल खोल्दै, लागत कति ?

clickmandu.com · Tue Jun 23 09:54:41 GMT 2026

काठमाडौं । रुंगटा ग्रुपले नेपालगञ्जमा राइस मिल खोल्ने भएको छ । ग्रुपले ओसीबी एग्रो उद्योग दर्ता गरी राइस मिल खोल्ने भएको हो ।

कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्ने जनाएको छ । कम्पनीले वार्षिक ७२ हजार मेट्रिक टन उत्पादन क्षमतामा उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले उद्योग निर्माणका लागि ४१ करोड ५४ लाख रुपैयाँ लागत खर्च हुने अनुमान गरेको छ । कम्पनीले लगानीको ऋण–इक्विटी अनुपात ७२ः२८ रहेको छ । जसमा ३० करोड रुपैयाँ ऋण लिई लगानी गर्नेछ भने ११ करोड ५४ लाख रुपैयाँ इक्विटीमार्फ्त लगानी गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय