रासायनिक मलको विकल्पमा ढैँचा
barnanmedia.com · Tue Jun 23 09:51:54 GMT 2026

माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मलको प्रयोग गरी धान रोपाइँ गर्न थाल्नुभएको तीन वर्ष पुगेको छ ।
समयमा मल नपाउने, पाए पनि ढुवानीको समस्या र चर्को मूल्य तिर्नुपरेपछि खेतमा नै ढैँचा रोप्न र बाली लगाउने बेला ढैँचाकै मल प्रयोग गर्न थाल्नुभएको हो । किसान विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा मल उत्तम रहेको बताउनुभयो । उहाँले धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैँचाले पूर्ति गर्ने भएकाले आफूले प्रयोग गर्दै आएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)