मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओलीलाई पल्टाउन देउवाले थापेका दुई धराप

barnanmedia.com · Fri Feb 21 22:27:00 GMT 2025

झट्ट हेर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडी खुबै जमेको देखिन्छ । हुन पनि देउवाले ओली सरकारलाई आश्चर्यजनक तवरले काँध थापेका छन् । अर्थात्, काँध थापेको देखाउनुपरेको छ । यो उनको बाध्यता पनि हो । यस बाध्यताभित्र राजनीतिकभन्दा बढी पारिवारिक कारण पनि देखिन्छ । किनभने, उनकै धर्मपत्नी आरजु राणा देउवा यो सरकारबाट सबैभन्दा बढी लाभान्वित छन् । आरजुले अहिलेसम्म नपाएको पद ओलीले दिएका छन् । अहिले पाएको पद र हैसियतकै कारण आरजुले राजनीतिमा असामान्य स्वीकार्यता हासिल गरेकी छन् । त्यसैले यो सरकारलाई काँध थापिरहनुपर्ने बाध्यता वयोवृद्ध नेता देउवालाई छ ।

तर, अर्कोतिर देउवालाई हतारो पनि उस्तै छ। जतिजति समय ढल्दै छ, उतिउति उनको राजयोग क्षयोन्मुख बन्दै छ । कम्तीमा सातपटक प्रधानमन्त्री हुन्छन् भनेका ज्योतिषीको गुजारा नै धरापमा पर्ने गरी देउवा धैर्य भएर बस्छन् त अब ? पक्कै बस्ने छैनन् । देउवाले सुर कसिसकेका छन् । तर समस्या के छ भने आरजुले समेत चाल नपाउने गरी बूढानीलकण्ठको आराम कक्षबाट देउवाले चाल चल्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)