मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पानीजन्य रोग नियन्त्रण गर्न पानीपुरी र चटपटे बिक्रीको अनुगमन गर्दै कामपा

ratopati.com · Tue Aug 05 18:17:00 GMT 2025

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गरिने भएको छ । बर्खाको समयमा सहज रूपमा पानी उपलब्ध गर्न सकिने भएकाले पानीपुरी तथा चटपटेमा प्रदूषित पानी प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता खाद्यवस्तु बिक्रीलाई नियन्त्रण गर्न अनुगमन गर्न लागिएको हो ।

त्यस्ता खाद्यवस्तुमा जहाँको पानी पनि प्रयोग गर्न सकिने हुँदा प्रदूषित पानीले उपभोक्ताको स्वास्थ्यमा पानीजन्य रोगको सङ्क्रमण बढाउन सक्ने देखिएकाले कामपाले त्यसको नियमन गर्न लागेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)