मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मार्च १६ मा ‘उफ यो मन’ बोस्टन शहरमा प्रदर्शन हुने

rajdhanidaily.com · Fri Feb 21 23:33:53 GMT 2025

काठमाडौं । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६:०० बजे प्रदर्शन हुने भएको छ।

दार्जीलिङमा छायांकन गरिएको चलचित्र ‘उफ यो मन’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ । फिल्ममा नेपाल बाहिर बस्ने नेपालीहरुको माया प्रेमको कथा समेटिएको छ। चलचित्रलाई पहिलो पटक अमेरिकाबाट प्रदर्शन सुरु गरिएको निर्माता शाहले जानकारी गराए । ‘हामी यो चलचित्रलाई अमेरिकाबाट प्रदर्शन सुरु गर्नेछौ त्यसपछि नेपाललगायत विश्वभर प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ अनुले भनिन् । बोस्टनपछि अमेरिकाको विभिन्न मुख्य शहरहरुमा चलचित्र प्रदर्शनको तयारीमा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)