लमजुङ क्याम्पसले नगरपालिकासँग सहकार्य गर्ने
rajdhanidaily.com · Fri Feb 21 23:31:19 GMT 2025

लमजुङ । लमजुङमा कृषि क्याम्पस खुलेर पनि जिल्लाका किसानलाई फाइदा नभएको भन्ने आवाज उठी रहेको बेलामा क्याम्पसले नगरापालिकासंग नगर क्षेत्रमा कृषिको विकासका लागि सहकार्यको सहमति गरेको छ । लमजुङको सुन्दरबजार नगरपालिका र त्रिभुवन विश्वबिध्यालय कृषि र पशु बिज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पस सुन्दरबजार लमजुङ बिच सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर गरी सो कार्य अघि बढाउने भएको हो ।
सहमति अनुसार सुन्दरबजार नगरपालिका भित्रका कृषक तथा समुदायका लागि कृषि शिक्षा, कृषि अनुसन्धान, कृषि प्रसार र समुदाय बीचको कार्यगत सम्बन्ध अभिबृद्धी गरी कृषि, पशु र वातावरणको क्षेत्रको प्रबर्धनका लागि लमजुङ क्याम्पस र नगरपालिकाले आपसी सहकार्य गर्ने समझदारी गरिएको लमजुङ क्याम्पसका सूचना अधिकारी श्रीकान्त अधिकारीले बताए । उनका अनुसार सहमति पत्रमा १४ बुँदे रहेको छ । उनले भने ‘समझदारी पत्रमा सुन्दरबजार नगरपालिकाको कार्यालयमा नगरप्रमुख र क्याम्पस प्रमुखले हस्ताक्षर गरी एक एक प्रति आदान प्रदान गरिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)