सम्पत्ति शुद्धीकरण डीजीलाई धम्क्याएर रेडकर्नर नोटिस जारी गराएको विषयमा कांग्रेसले माग्यो जवाफ [भिडियो]
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले मध्यरातमा पेस्तोल देखाएर सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको गम्भीर विषयमा सरकारसँग जवाफ माग गरेको छ।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा सांसद चन्द्रमोहन यादवले यस घटनाबारे सरकारसँग आधिकारिक जवाफ मागेका छन्। यसअघि सत्तारुढ दलकै सांसद अमरेशकुमार सिंहले सरकारले राति १ बजे कन्चटमा पेस्तोल भिडाएर दुई घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न लगाउने जस्ता आपत्तिजनक कार्य गरेको भन्दै सरकारको कडा आलोचना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)