संक्रामक पशुरोग नियन्त्रण विधेयक २०८३ संशोधनसहित पारित
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकले ‘संक्रामक पशुरोग नियन्त्रणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ। समितिका सभापति कृष्णबहादुर रोकायको प्रस्तावमा परिमार्जनसहित विधेयक पारित गरिएको हो।
छलफलका क्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको क्षतिपूर्ति, राहत र पुनस्र्थापनाका लागि ‘सक्नेछ’ भन्ने व्यावहारिक प्रावधानसहित ‘क्षतिपूर्ति, राहत तथा पुनस्र्थापनासम्बन्धी व्यवस्था’ कोष राख्न सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)