मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविको निर्देशन- मतभेद भए बन्द कोठाबाट टुंग्याउनुपर्छ, सडकको तमासा नबनाउनू

nepalpress.com · Tue Jun 23 10:12:34 GMT 2026

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले महाधिवेशनमा केही प्रक्रियागत त्रुटि भएको बताएका छन्। जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।

उनले भने, ‘यति ठुलो भव्य आयोजना गर्दा कहीँ न कहीँ कमजोरी अवश्य पनि हुन्छ। र यो प्रक्रियामा हामीलाई चित्त नबुझ्ने कुराहरू पनि देखिन सक्छन्। त्यस्ता घटना, त्यस्तो परिस्थिति आउन सक्छन्।’

समस्या समाधान गर्ने क्षमताले नै एउटा राजनीतिक दललाई परिपक्व राजनीतिक दल बनाउने बताए।

उनले थपे, ‘हामी परिपक्वतातर्फ अघि बढेको राजनीतिक दल हुनाले हामी बीचमा भएका केही पनि मनमुटाव छन्, कुनै पनि जिज्ञासा छन् र प्रश्न छन् भने तिनलाई कोठा भित्र बसेर छलफल गरेर टुङ्ग्याउनु पर्छ। न कि सडकको तमासा बनाउने हो। हाम्रा बीचका मतभेदहरूलाई समाधान गरी पार्टीलाई स्वस्थ र स्वच्छ बनाउनु नै हुनेछ। त्यसलाई कुनै तमासाको रूपमा सडकमा वा मैदानमा लिएर जाने काम गर्नुहुनेछैन।’

मतभेद भए तिनलाई विशिष्ट शैलीमा समाधान गर्नुपर्ने बताए। उनले रास्वपा आफ्ना सबै मतभेदहरूलाई अन्त्य गर्न सक्ने पार्टी भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय