मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जलन उपचार सेवा विस्तार: १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

nepalbahas.com · Tue Jun 23 10:15:38 GMT 2026

जलन उपचार सेवा विस्तार: १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

९ असार, काठमाडौं । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ।

१०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचार तालिम प्रदान गरिएको छ। यस पहलबाट सर्वसाधारणले नजिकैका अस्पतालमै प्रारम्भिक जलन उपचार सेवा पाउने अपेक्षा गरिएको छ।

मन्त्रालयले जलनसँगै प्लास्टिक सर्जरी तथा अन्य जटिल उपचारको आवश्यकता पर्ने भएकाले छुट्टै अस्पतालभन्दा सुविधा सम्पन्न अस्पतालमा विशेष युनिट स्थापना गर्नु प्रभावकारी हुने जनाएको छ।

हालसम्म कान्तिबाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलन उपचारका लागि छुट्टै वार्ड स्थापना गरिएका छन् ।

स्वास्थ्य

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

गढवाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या

असार ७, २०८३ आइतबार

‘बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

असार ६, २०८३ शनिबार

क्यान्सर उपचारमा प्रयोग हुने किमोथेरापी औषधि अब सहज उपलब्ध हुने

असार ६, २०८३ शनिबार

नेपालबहस ट्रेन्डिङ

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

Tweets by nepalbahas

लोकप्रिय

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

असार ८, २०८३ सोमबार

राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, साढे १० अर्ब बढी बिगो माग

असार ८, २०८३ सोमबार

सुर्खेतबाट एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

असार ८, २०८३ सोमबार

छुटाउनुभयो कि?

जलन उपचार सेवा विस्तार: १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

असार ९, २०८३ मंगलबार

२६ अंकले घटेर २६ सय ७४ विन्दुमा झर्यो नेप्से, म्युच्युअल फण्डबाहेक सबै समूहका सूचक राताम्य

असार ९, २०८३ मंगलबार

पूर्व अर्थमन्त्री बिष्णु पौडेललाई बिशेष अदालत लगियो

असार ९, २०८३ मंगलबार

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

असार ९, २०८३ मंगलबार

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्डको साटो कागजको चिर्कटो वितरण ( फोटो फिचर )

असार ९, २०८३ मंगलबार

राष्ट्र बैंकले नसिहत दिएका सञ्चालक र सीईओ पुनः नियुक्ति गर्न नमिल्ने आदेशले वित्तीय क्षेत्रमा तनाब

असार ९, २०८३ मंगलबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय