चिकित्सक संघले भन्याे– निजीमा उपचार गराउँदा बिरामीबाट कर उठाउनु अन्यायपूर्ण
shilapatra.com · Sat May 30 14:38:00 GMT 2026

नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा लाग्ने तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेको छ । संघले उक्त कर व्यवस्थाले बिरामी र उनीहरूका परिवारमाथि थप आर्थिक भार पर्ने भन्दै यसलाई अन्यायपूर्ण व्यवस्था भनेको छ ।
निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य समता शुल्कअन्तर्गत तीन प्रतिशत कर उठाउन निर्णयको संघले विरोध गरेको हो । 'उपचार गराउन आएका बिरामीहरूबाट समेत कर उठाउनुले थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ,' विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)