मोरङमा बिहेमा हिँडेकी महिलाको हत्या
annapurnapost.com · Thu May 06 06:15:00 GMT 2021
विराटनगर : मोरङमा आफन्तको बिहेमा जान भनेर काम गर्ने कृषि फार्मबाट हिँडेकी एक महिलाको हत्या भएको छ। हत्या गरेर फ्यालेको अवस्थामा मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरिता सोरेनको शव फेला परेको हो।
रतुवामाई नगरपालिका–६ स्थित मकैबारीमा मृत फेला परेकी उनको ढिलो गरेर पहिचान खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनका अनुसार गत आइतबार टाउको, घाँटी, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको अर्धनग्न अवस्थामा सरीताको शव फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)