पुँजी बजार सुधारले निजी क्षेत्र उत्साहित हुने विश्वास
nepalnews.com · Tue Sep 15 09:33:28 GMT 2026

काठमाडौं। अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने नीति ल्याएको सरोकारवालाले विश्वास व्यक्त गरेका छन्।
अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान गराएर निजी क्षेत्रलाई सबल बनाउने विश्वास गरिएको हो। नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार समितिका अध्यक्ष प्रियाराज रेग्मीले अर्थ मन्त्रालयले ल्याएको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अक्षरशः कार्यान्वयन भएमा बजारमा सकारात्मक प्रभाव देखिने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)