इन्द्रसरोवरले ल्यायो ४२ करोडभन्दा बढीको बजेट
ratopati.com · Tue Jun 23 10:27:39 GMT 2026

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । इन्द्रसरोवर गाउँपालिकाको १७ औँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि कुल ४२ करोड २ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष उमा लामाले उक्त बजेट प्रस्तुत गरेकी थिइन् । गाउँसभाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
काठमाडौँ