मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्तरिक वायुसेवाको बीमा दायित्व १ लाख डलर पुऱ्याउने प्रस्ताव

ratopati.com · Tue Sep 15 09:35:45 GMT 2026

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ र ब्यागेज हराउनेलगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजिएको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले सो कुरा बताएका हुन्। उनले आन्तरिक वायुसेवा प्रदायकहरूको कानुनी दायित्व, यात्रुको अधिकार र क्षतिपूर्तिसँग सम्बन्धित विषयलाई कानुनमै व्यवस्थित गर्न लागिएको स्पष्ट पारे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)