गाैरा पर्वले माैलिक संस्कृतिकाे संरक्षण गर्दै समतामूलक समाज निर्माण गर्न प्रेरणा मिलाेस् : राष्ट्रपति भण्डारी
baahrakhari.com · Fri Sep 02 23:15:00 GMT 2022
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
गौरा पर्व २०७९ का अवसरमा दिएकाे शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)