सुदूरपश्चिममा भौतिक पूर्वाधारको अवस्था : साढे ४ हजार किलोमिटर सडक निर्माण, ११० पुल तयार
nepalpress.com · Tue Sep 15 09:43:17 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले स्थापना भएयता ४ हजार ६४५ किलोमिटर सडक निर्माण गरेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्मको अवस्थाबारे सार्वजनिक गरेको स्थिति पत्रमा प्रदेशमा सडक तथा पुल पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको जनाएको हो।
मन्त्रालयका अनुसार निर्माण भएका सडकमध्ये १ हजार १६ किलोमिटर कालोपत्रे, १ हजार ५८४ किलोमिटर ग्राभेल र २ हजार ४५ किलोमिटर कच्ची सडक छन्। यही अवधिमा ११० वटा पुल निर्माण भएका छन्। तीमध्ये ६९ वटा सडक मोटरेबल पुल र ४१ वटा झोलुङ्गे पुल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)