मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक कुकुर नियन्त्रण अभियान सुरु

gorkhapatraonline.com · Tue Jun 23 10:37:53 GMT 2026

झापाको शिवसताक्षी नगरपालिकाले सामुदायिक कुकुर नियन्त्रण तथा रेबिज रोकथाम अभियान सुरु गरेको छ । सोमबार एकैदिन झिलझिले आसपासमा आधा दर्जनभन्दा बढी मानिसलाई सामुदायिक कुकुरले टोकेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

कुकुरको आक्रमणबाट मानिस तथा गाईबस्तु असुरक्षित बनेपछि स्थानीयले नगरपालिकासँग तत्काल पहल गर्न माग गरेका थिए । घटनापछि नगरपालिकाले सबै सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने र सम्भव भएसम्म बन्ध्याकरण गर्ने व्यवस्था मिलाउन पशु सेवा शाखालाई निर्देशन दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)