राजावादीहरू जुरूक्क उठेका बेला किन चल्यो सरकार ढल्ने हल्ला ?
barnanmedia.com · Mon Mar 17 21:41:35 GMT 2025

नेपाली राजनीतिमा दुई विषयले सरगर्मी बढेको छ। पहिलो हो, राजा फर्काउने कि गणतन्त्र जोगाउने। दोस्रो हो, सरकार ढलाउने कि जोगाउने।
नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्दीमा विराजमान हुने रहर जागेपछि प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ फागुनमा शुभकामना सन्देश जारी गर्दै ‘हामीलाई साथ दिनुहोस्’ भने। नभन्दै, राजावादीहरु सडकमा आए। फागुन अन्तिम साता पोखरादेखि त्रिभुवन विमानस्थलमा अवतरण हुँदा हजारौँको संख्यामा राजावादी सडकमा निस्किए। यो भीड राजावादीकै हो कि सरकार, दलहरुप्रतिको वितृष्णा पोख्न सडकमा आएका हुन् छुट्टाछुट्टै विश्लेषण भइरहेका छन्। पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीदेखि केशर बहादुर विष्ट लगायतलाई एक ठाउँ जुटाएर पन्चायतकालीन नेता नवराज सुवेदीले राजसंस्था फर्काउने अभियान घोषणा गरिसकेका छन्। ८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक हुन्। समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह लगायत सदस्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)