५ दिनभित्र होल्डिङ सेन्टर छाडेर आफ्नो व्यवस्था आफैँ गर्न सुकुमबासीलाई निर्देशन
nepalpress.com · Tue Jun 23 10:37:01 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई पुनर्स्थापना खर्च स्वरूप २५ हजार रूपैयाँ राहतका लागि प्रक्रिया अघि बढाइएको छ ।
सँगै, यही असार १२ गतेभित्र अहिले बसिरहेको ठाउँ खाली गरेर स्व:व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।
प्रशासनले राहत रकम प्राप्त गर्न निवेदन दिन भनेको छ । राहत रकम सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइने प्रशासनले जनाएको छ ।
उनीहरूले घरभाडाबापतको रकम किस्ताबन्दीमा पाउने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ