मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विष्णु पौडेललाई उपस्थित गराइयो विशेष अदालत

kathmandupati.com · Tue Jun 23 10:42:19 GMT 2026

काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको छ ।

सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्दीकरण विभाग हुँदै अहिले विशेष अदालतमा उपस्थित गराइएको हो ।

सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप गर्न पेस गरेको हो ।

पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाण्डु ल्याइएको हो ।

उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पार्टीको कार्यक्रम जारी रहेको बेला पक्राउ परेका थिए । उनलाई माइक्रोबसमा हालेर आज अपरान्ह काठमाण्डु ल्याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)