सेयर बजारमा ४८.५७ अंकको उछाल, ८ अर्बमाथिको कारोबार
annapurnapost.com · Tue Sep 15 09:52:48 GMT 2026

काठमाडौं : सेयर बजार सुर्धाने सरकारका २१ बुँदे कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव दिएको छ। विभिन्न कारणले निरन्तर दबाबमा रहेको सेयर बजारलाई माथि उठाउने उद्देश्यले सरकारले २१ बुँदे कार्ययोजना ल्याएको हो।
कार्ययोजनाले आम लगानीकर्ताहरूमा उत्साह देखिएपछि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको हो। यसदिन ३४७ वटा स्क्रिप्सको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ८ अर्ब २९ करोड १७ हजार ११५ रुपैयाँमा खरिदबिक्री भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)