करेन्ट लागेर एक महिलाको मृत्यु
lokaantar.com

चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा सर्लाहीको रामनगरका एक महिलाको आज मृत्यु भएको छ ।
रामनगर गाउँपालिका–६, मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर पछाडि रहेको चापाकलबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)