१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
ratopati.com · Tue Jun 23 10:56:43 GMT 2026

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते बुधबार सार्वजनिक हुने बजेटको तयारी पूरा भएको उपमहानगरले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि उपमहानगरका २४ वटा वडाका लागि २२ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसमा ५० प्रतिशत अर्थात् ११ करोड ८ लाख रुपैयाँलाई समान रूपमा विभाजन गरिने र बाँकी बजेट वडाको जनसंख्या, भूगोल र राजस्व संकलनका आधारमा बाँडफाँट गरिएको उपमहानगरका योजना शाखा प्रमुख सुधन चौधरीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)