संसद्मा सांसदको न्यून उपस्थितिप्रति दुलालको असन्तुष्टि
ratopati.com · Tue Sep 15 10:09:26 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले संसद्मा सांसदहरूको न्यून उपस्थितिको विषयलाई लिएर असन्तुष्टि जनाएका छन् । उनले संसद्जस्तो गरिमामय स्थानमा सांसदहरूको उपस्थिति उत्साहजनक नदेखिनु दुःखद रहेको बताए।
‘नयाँ कानुन निर्माण र देश विकासको सङ्कल्प बोकेर आएको संसद्मा माननीयहरूको उपस्थिति देख्दा टीठ लाग्छ,’ दुलालले भने, ’१८३ सिटको गर्व बोकेको दलका आज ३० जना सदस्य पनि संसद्मा उपस्थित नहुनु र अन्य माननीयहरूको पनि यही खालको उपस्थिति देखिनु निकै दयनीय अवस्था हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)