कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ, अद्यावधिक नगर्नेहरू क्रियाशील सदस्य रहँदैनन्ः सभापति थापा
arthadabali.com · Tue Jun 23 11:03:33 GMT 2026

रौतहट / नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्।
झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणाली सिस्टम मा आधारित भएर अघि बढ्ने उद्घोष गरे।
पार्टीभित्रको इतर समूह, विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र डा। शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भलाई जोड्दै उनले यस्तो धारणा राखेका हुन्।
सभापति थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले आदर र माया गरे पनि वैधानिक रूपमा सदस्य स्वीकार नगर्ने बताए। ‘कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन,’ उनले भने।
कांग्रेसमा नयाँ र सक्षम पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै थापाले खुसी व्यक्त गरे। पुरानो शैलीमा कुर्सी मात्र ओगटेर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने उनको टिप्पणी थियो। कांग्रेस चलाउन सक्ने ’एक से एक’ युवा साथीहरू आइसकेकाले अब उनीहरूले नै पार्टी सम्हाल्ने विश्वास उनले व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)