मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

gorkhapatraonline.com · Tue Jun 23 11:03:56 GMT 2026

साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी नगरपालिकाअन्तर्गतका विभिन्न क्षेत्रलाई समेट्दै साझाले मङ्गलवारदेखि यस रुटमा बस सेवा सुरु गरेको हो।

नयाँ रुटअनुसार अब साझा बस दैनिक बिहान ६ बजे युनाइटेड कोलोनीबाट छुट्ने छ। लुभुबाट जमल आउँदा बस लुभु–यती चोक, चाङ्गाथली क्लब, निलो पुल, वडा नं. ५ कार्यालय टीकाथली, चारदोबाटो, पवन प्रकृति स्कुल, इमाडोल कृष्ण मन्दिर, ग्वार्को, सातदोबाटो, लगनखेल र त्रिपुरेश्वर हुँदै आरएनएसी र जमलसम्म पुग्ने छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)