प्रधानमन्त्री मोदीको टिप्पणीपछि चीनले भन्यो– ‘ड्र्यागन–हात्ती नृत्य’
barnanmedia.com · Mon Mar 17 22:03:28 GMT 2025

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पोडकास्ट अन्तर्वार्तामा चीन–भारत सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सकारात्मक टिप्पणीको प्रशंसा गर्दै आपसी सफलतामा साझेदार हुनु र ‘ड्र्यागन–हात्ती नृत्य’ सहयोग प्राप्त गर्नु दुई देशका लागि एक मात्र सही विकल्प भएको बताउनुभएको छ ।
लेक्स फ्रिडम्यान पोडकास्टमा प्रधानमन्त्री मोदीको हालैको टिप्पणीमा मिडियालाई सम्बोधन गर्दै माओ निङले चीन भारतसँग मिलेर आफ्ना नेताहरूद्वारा हासिल गरिएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन गर्न, कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवलाई विभिन्न क्षेत्र र तहहरूमा आदानप्रदान र सहकार्य अघि बढाउने अवसरका रूपमा लिन तथा चीन–भारत सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढावा दिन इच्छुक रहेको बताउनुभएको ग्लोबल टाइम्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)